विप्लवसहित चार कम्युनिस्ट घटकको मोर्चा, १५ सदस्यीय केन्द्रीय समिति गठन

काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार कम्युनिस्ट घटकले आज संयुक्त रणनैतिक मोर्चाको घोषणा गरेका छन्। आज राजधानीको प्रज्ञा भवनमा उनीहरुले रणनैतिक संयुक्त मोर्चाको घोषणा गरेका हुन्।

मोर्चामा १५ सदस्यीय केन्द्रीय समिति गठन गरिएको छ। पछि तीन सदस्य थप्ने गरी सीपी गजुरेल, रामसिंह श्रीस, पवनमान श्रेष्ठ, सन्तोष बुढा, नवीनकुमार विश्वकर्मा, अज मोहम्मद, ऋषिराम कट्टेल, रामदुलार महतो, राजेश बान्तवा, जागृत रायमाझी, धनकुमारी सुनार र नवीन रिमाल केन्द्रीय समितिमा छन् । यो मोर्चाको प्रथम बैठकले अध्यक्ष र सचिव चयन गर्ने जनाइएको छ।

Advertisement

मोर्चामा विप्लव नेतृत्वको पार्टीसहित मोहन वैद्य किरण नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी सहभागी छन् । उनीहरुले समाजवाद जनगणतन्त्र स्थापना गर्ने उद्देयका साथ रणनैतिक मोर्चा बनाएको विषय उल्लेख गर्दै संयुक्त हस्ताक्षर गरेका छन् ।

रणनीतिक मोर्चाबाट केन्द्र देखि स्थानीय तहसम्म संगठन पुनः संरचना गर्ने तयारी गरिएको छ । विप्लव समूह हिंसात्मक गतिविधिमा समेत संलग्न हुँदै आएकोमा रणनैनिक मोर्चा गठन गरेर बढ्नुलाई महत्वका साथ लिइएको छ।

यसअघि १४ पौषमा प्रेस ज्ञिप्तिमार्फत् विप्लव र वैद्यसहित चारवटा कम्युनिस्ट संगठनका प्रमुखहरुले संयुक्त मोर्चा निर्माण गर्ने सहमतिबारे उल्लेख गरेका थिए।

संयुक्त मोर्चामा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरण, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेल र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका संयोजक आहुतीले हस्ताक्षर गरेका थिए।

More News last news
Loading...