राष्ट्रपतिविरुद्ध बोलेको आरोपमा झाँक्रीलाई पक्रन घरमै पुग्यो प्रहरी, पूर्जीबिना नजाने झाँक्रीको अडान
काठमाडौँ । नेकपा दाहाल-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले पक्राउ पूर्जीविना प्रहरीकोमा नजाने अडान लिएकी छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले झाँक्रीलाई सोधपुछका लागि बोलाएकोमा उनले पक्राउ पूर्जीविना नजाने अडान लिएकी हुन्।
‘राजनीतिक मुद्दाका साथ सडकमा लडिरहेका छौं, प्रतिवाद गर्छौं,’ उनले निवासमै पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै भनिन्, ‘पक्राउ पूर्जी लिएर आउनुस् अनि मात्र जान्छु भनेको छु ।’
महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले सोधपुछका लागि झाँक्रीलाई लिन प्रहरी पठाएको सूचना सार्वजनिक भएलगत्तै उनको निवासमा कार्यकर्ताको भीड लागेको छ।
झाँक्रीले प्रचण्ड नेपाल समुहको प्रतिनिधिसभा विघटन विरुद्धका कार्यक्रममा पटक पटक राष्ट्रपति भण्डारीको चर्को आलोचना गर्दै आएकी छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
