काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘निरंकुशता’ विरुद्ध थप आन्दोलन चर्किने बताएका छन्।
नेकपा प्रचण्ड-माधव समूहको जनसभामा सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन्।
‘तपाइँले जतना र राष्ट्रका लागि अपराध गर्नुभयो, बरु राजिनामा दिनुस्, उनले भने, ‘तपाइँ जति निरंकुशतातर्फ जानुभयो त्यति विद्रोह चर्किन्छ।’
उनले प्रतिनिधिसभा विघटन असंवैधानिक कदम भएको भन्दै आफूहरु जनताको शरणमा आएको बताए।
उनले भने, ‘जनताप्रति हाम्रो ठूलो आस्था छ।’
उनले ओलीको असंवैधानिक कदम विरुद्ध अब लाखौं जनता सडकमा आउने दाबी गरे। अध्यक्ष प्रचण्डले संवैधानिक निकायले विवेक प्रयोग गर्नेमा विश्वस्त रहेको बताउँदै भने, ‘केपीजीलाई हाम्रो अनुरोध छ, अर्को पटक फेरि १० लाख जनता लिएर बालुवाटार र सिंहदरबार घेर्न आउन नपरोस्।’
उनले निर्वाचन आयोगलाई ‘काइते’ कुराको पछि नलाग्न समेत आग्रह गरे। उनले आफूहरु शान्तिपूर्ण राजनीतिमा रहेको बताउँदै कानूनी मान्यतमा दृढ रहेको बताए। उनले अदालतले पनि प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा फैसला गर्नेमा विश्वास व्यक्त गरे।
‘राणाहरुले बनाएको संविधानदेखि अहिलसम्मका सबै संविधानबाट अनुभव लिएर जनहितमा अहिलेको बनाइएको संविधान हो,’ उनले भने, ‘असंवैधानिक कदम नसच्चिए कसैले थेग्न नसक्ने आँधी-हुरी आउँछ।’
‘हिजो हामीले सानो विद्रोह गर्दा त्यस्तो अवस्था भयो भने अब झन कस्तो होला ?,’ उनले भने, ‘केपी ओली जस्तो निंकुश र एउटाको सनकका भरमा अदालतले फैसला गर्छ भन्ने हामीले पत्याउँछौं ?’
उनले ओली पक्षका मान्छेहरु लाम लागेर फर्किन लागेको समेत बताए। उनले भने, ‘दुई जना मन्त्रीसमेत फर्किने विषयमा मसँग कुरा भइरहेको छ।’
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
