काठमाडौँ । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ।
सोमबार बसेको मन्त्रीपरिषद बैठकले प्राधिकरणमा निमित्त कार्यकारी निर्देशक रहेका शाक्यलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिने निर्णय गरेको प्राधिकरा स्रोतले जनाएको छ ।
यसअघि प्राधिकारणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ थिए। उनको कार्यकाल सकिएपछि शाक्यलाई निमित्त कार्यकारी निर्देशक तोकिएको थियो।
जनमानसबाट कुलमान घिसिङलाई पुनः नियुक्ति गर्न दबाब बढेपछि पर्ख र हेरको अवस्थामा रहेको सरकारले प्रधानमन्त्रीका विस्वासपात्र शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
