प्रधानमन्त्री ओली आज निर्वाचन आयोग जाँदै, यस्तो छ कारण

काठमाडौँ । निर्वाचनको तयारी र आफ्नो पार्टी नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्रको विवादलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार निर्वाचन आयोग जाँदै छन् ।

प्रधानमन्त्री ओली बिहान ११ बजे आयोग जाने तय भएको छ । आयोगले यसअघि नेकपाका दुवै शीर्ष नेतालाई छलफलका लागि बोलाएको थियो तर दुवै पक्षले आफ्ना प्रतिनिधि मात्रै पठाएका थिए ।

Advertisement

लगत्तै पार्टीको आधिकारिकता दाबी गर्न नेकपाका पुक्ष्पकमल दाहाल प्रचण्ड र माधव नेपाललगायतका नेताहरु आयोग पुगेका थिए । प्रधानमन्त्री ओली भने पार्टीमा विवाद सुरु भएपछि आयोग गएका छैनन्।

ओली जसरी पनि निर्वाचनमा जानुपर्ने पक्षमा छन् । त्यसैले उनले आयोगले चुनावी कार्यक्रम अघि बढाउनुपर्ने धारणा राखेक छन् । त्यसै सन्दर्भमा ध्यानाकर्षण गराउन प्रधानमन्त्री ओली आयोग जान लागेको बताइएको छ ।

More News last news
Loading...