वडा सदस्यको घरमा युवती मृत फेला

धनगढी । कैलालीको गौरीगंगा नगरपालिका ३ का सदस्य निरज चौधरीको घरमा स्थानीय एक युवती झुण्डिएको अवस्थामा मृत फेला परेकी छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी तथा प्रवक्ता प्रतिक विष्टका अनुसार आइतबार बिहान वडा सदस्य चौधरीको घरको कोठामा युवतीको शव फेला परेको हो।

Advertisement

‘प्रहरीलाई नौ बजे खबर भएको थियो’, उनले भने,‘ घटना शनिबार राति वा बिहान ६-७ बजेको पनि हुन सक्छ। घटनास्थलको प्रारम्भिक अनुसन्धान भइरहेको छ।’

घटनास्थलमा मृतक झुण्डिएको कोठा बाहिरबाट बन्द र खुला भूइँमा टेकेको अवस्था थियो। डिएसपी विष्टले हत्या वा आत्महत्या अहिल्यै भन्न नसकिने बताए।

More News last news
Loading...