भात नपकाएको निहुमा गगनगौँडामा बन्चरोले हानेर आफ्नै पत्नीको हत्या, आरोपित पक्राउ

पोखरा । आफ्नै पत्नीको हत्या गरेको आरोपमा शुक्रबार पोखराबाट एक पुरुष पक्राउ परेका छन्।

पोखरा–३३ उपल्लो पुँडी निवासी ५० वर्षीय गमबहादुर पुनले बिहीबार राति ८:०० बजे आफ्नै पत्नी ४२ वर्षीय हरिमाया पुनको हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।

Advertisement

हरिमाया पुन शुक्रबार बिहान ८:३० बजे घरको सुत्ने कोठाको खाटमा टाउकोमा गम्भीर चोट लागेको अवस्थामा मृत फेला परेकी थिइन्।

आरोपीत पुनलाई शुक्रबार दिउँसो पोखरा–३३ लामगादीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

पुन परिवार पर्वत जिल्ला जलजला गाउँपालिका–७ धाइरिङ घरभई हाल पोखरा–३३ को उपल्लो पुँडीमा बस्दै आएको थियो।

आरोपित पुनले प्रहरीको प्रारम्भीक अनुसन्धानमा बिहीबार राति पत्नीसँग झगडा हुँदा टाउकोमा बन्चरो प्रहार गरी हत्या गरेको बयान दिएका छन् ।

पुन विरुद्ध कास्की जिल्ला अदालतमा ज्यान मुद्दा दर्तागरी थप अनुसन्धानका लागि १० दिन म्याद थपिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता हमालले जानकारी दिए। पुनको शव परीक्षणको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ल्याइएको छ।

More News last news
Loading...