सिन्धुलीमा जन्ती बोकेको ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु, २२ जना घाइते

सिन्धुली । सिन्धुलीको मरिणमा जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा २२ जना घाइते भएका छन् ।

दुर्घटनामा मरिण गाउँपालिका–२ बस्ने वर्ष २५ का प्रताप लोको मृत्यु भएको प्रहरीले जनाएको छ।

Advertisement

शुक्रबार दुर्घटना लगत्तै हेलिकप्टरबाट काठमाण्डौंको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि लगिएका पाँच जनामध्ये उपचारको क्रममा लोको मृत्यु भएको हो। अन्य चार जनाको अवस्था पनि गम्भीर रहेको अस्पतालले जनाएको छ।

दुर्घटनामा घाइते भएका अन्य १८ जनालाई पनि थप उपचारको लागि एम्वुलेन्समा काठमाण्डौं पठाइएको गाउँपालिका अध्यक्ष पानीराज बम्जनले जानकारी दिए ।

३४ जना जन्ती बोकेर हरिहरपुरगढीको बखबरबाट मरिणको रातोमाटेतर्फ जादै गरेको ना ५ त ५३५६ नम्बरको ट्राक्टर तीव्र गतिमा रहेको र मदन भण्डारी सडकमै अनियन्त्रित भई पल्टिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

More News last news
Loading...