राजधानीमा अनेरास्ववियूको मसाल जुलुस, भोलि देशव्यापी आमहड्ताल

काठमाडौँ । नेकपा दाहाल–नेपाल समूह पक्षधर अनेरास्ववियूले बुधबार राजधानीमा मसाल जुलुस निकालेको छ।

बिहीबार राष्ट्रव्यापी आम हड्ताल सफल बनाउन अनेरास्ववियूले राजधानीमा मसाल जुलुस निकालेको छ।

Advertisement

केन्द्रिय कार्यालय बागबजारबाट निस्कएको जुलुस पद्यमन्या क्याम्पस पुगेर रत्नपार्क छेउ फर्किएको थियो।

तेसैगरी कान्तिपुर सिटि कलेज पुतलीसडकबाट निस्किएको जुलुस भने पध्मोदय चोक हुँदै वाल्मीकि क्याम्पस, रत्न राज्य क्याम्पस हुँदै भृकुटीमण्डपमा पुगेर कोणसभामा परिणत भएर समापन भएको थियो।

प्रधानमन्त्री ओलीले प्रतिनिधी सभा विघटन गरेपछि नेकपा दाहल–नेपाल समूहले आन्दोलन गर्दै आएको छ।

संवैधानिक निकायहरुमा नियुक्त गरिएका पदाधिकारीहरुले सपथ ग्रहण गरेर कार्यभार सम्हालेपछि दाहल नेपाल समूहले बिहीबार (भोलि) आम हड्ताल घोषणा गरेको छ।

More News last news
Loading...