नेकपा बैठक सकियो, केन्द्रीय सदस्यको नामावली निर्वाचन आयोगमा लगिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठक सकिएको छ।

कार्की ब्यांक्वेट बबरमहलमा सोमबार दिउँसो बसेको नेकपाको केन्द्रीय कमिटी बैठक सकिएको हो।

Advertisement

केन्द्रीय कमिटी सदस्य लीलामणि पोखरेल लगायतका नेता कमिटी सदस्यको नामावली लिएर निर्वाचन आयोग जाने भएका छन्।

बैठकले केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाएको छ। यसअघिको केन्द्रीय समिति बैठकले ओलीलाई पार्टी अध्यक्षबाट निश्कासन गरेको थियो।

त्यसैगरी बैठकले नेकपाका महासचिव विष्णु पौडेललाई पदबाट हटाउने निर्णय गरेको छ।

More News last news
Loading...