लेखराजले प्रचण्डलाई बोकेको वर्षौँ पूरानो फोटो एकाएक भाइरल, यस्तो रहेछ कारण

काठमाडौँ । पछिल्लो समय सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) समुह दुई ध्रुवमा छुटिएका छन् । दुई ध्रुवमा बाँडिएसँगै नेकपाका दुई खेमाका नेताहरुले एक अर्कालाई तथानाम गाली गलौच गर्न थालेका छन् ।

यहीबीचमा संसद् विघटन विरुद्ध देश दौडाहामा रहेका अध्यक्ष प्रचण्डले धनगढी पुगेर सोही क्षेत्रबाट निर्वाचित नेता तथा उद्योगमन्त्री लेखराज भट्टलाई केपी ओलीको दलाल भनेपछि सामाजिक सञ्जालमा पूर्व माओवादी कार्यकर्ताले प्रचण्डलाई लेखराजले मोटरसाइकलमा राखेर कतै लगिरहेको फोटो सार्वजनिक गर्दै कडा टिप्पणी गरेका छन् ।

Advertisement

भट्टले प्रचण्डलाई पछाडी राखेर हिँडेको फोटो सार्वजनिक गर्दै ‘जनयुद्धकालमा आफूलाई पाल्ने’ सहयोद्धाको अपमान गरेको भन्दै फोटो भाइरल बनाइएको छ।

जनयुद्धकालमा प्रचण्डका परिवारको विलासी जीवनका लागि लेखराजले व्यक्तिगत रूपमा ठूलो लगानी गरेको टिप्पणी उनीहरुको छ ।

लेखराज भट्टले जनयुद्धमा प्रचण्ड परिवारलाई पाल्न आफ्नो धेरै सम्पत्ति सिध्याएको टिप्पणी गर्दै सामाजिक सञ्जालमा प्रचण्डको आलोचना भइरहेको छ।

लामो समयका राजनीतिक सहयात्री विस्वासपात्र भट्टले प्रचण्डलाई छाडेर ओली समुहमा लागेका छन् । अहिले उनीहरुबीच आरोप प्रत्यारोप चलिरहेको छ।

More News last news
Loading...