रोल्पामा तेल बोकेको ट्याङ्कर पल्टियो, चालकको मृत्यु

रोल्पा । तेल बोक्ने ट्याङ्कर दुर्घटना हुँदा रोल्पामा एक जनाको मृत्यु भएको छ।

रोल्पा नगरपालिका१ भदौरे मन्दिरको घुम्तीनजिक ट्याङ्कर दुर्घटना हुँदा चालक ४५ वर्षीय हरभजन सिंहको मृत्यु भएको हो।

Advertisement

गम्भीर घाइते भएका चालकलाई उपचारका लागि रोल्पा अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको रोल्पा अस्पतालले जनाएको छ। नेपालगञ्जका स्थायी बासिन्दा सिंहको शव जिल्ला अस्पतालमा राखिएको छ।

सहचालक रुपैडियाका १९ वर्षीय सुनिल शंकर सामान्य घाइते भएको रोल्पा प्रहरीका प्रवक्ता सन्तोष केसीले जानकारी दिए।

नेपालगञ्ज डिपोबाट तेल बोकेर आएको ना ४ ख २२५७ नम्बरको ट्याङ्कर सडकदेखि करिब ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

More News last news
Loading...