काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले माघ २३ मा काठमाडौँमा गर्ने ‘बृहत् जनसभा’ मा दुई लाख मानिस सहभागी गराउने दाबी गरेको छ।
ओली समूहको बागमती प्रदेश संगठन कमिटीले सोमबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा दुई लाख मानिस सहभागी गराउने दाबी गरेको हो।
‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वको लागि ताजा जनादेश’ भन्ने मुल नाराका साथ रत्नपार्कमा जनसभा हुनेछ। सभालाई प्रधानमन्त्री केपी शर्मा ओलीसहितका शीर्ष नेताले सम्बोधन गर्नेछन्।
निर्वाचन आयोगले पार्टी फुटको मान्यता नदिए पनि तत्काल दाहाल–नेपाल समूहसँग एकताको सम्भावना नरहेको नेता ईश्वर पोखरेलले बताए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
