चर्चित टेलिभिजन प्रस्तोता ल्यारी किङको निधन

काठमाडौँ । अमेरिकाका चर्चित टेलिभिजन प्रस्तोता ल्यारी किङको निधन भएको छ।

८७ वर्षका ल्यारी किङको अमेरिकाको लस एन्जलसमा रहेको सेडारस सिनाइ मेडिकल सेन्टरमा आज निधन भएको बीबीसीले जनाएको छ।

Advertisement

उनमा कोरोना सङ्क्रमण भएको खबरमा उल्लेख छ।

ल्यारी किङले आफ्नो छ दशकको व्यवसायीक जीवनमा प्रतिनीधित्व गरेका अमेरिकाका सबै राष्ट्रपतिहरू सहित हलिउड कलाकारहरू र खेलकुदका प्रतिभाहरूको गरी ५० हजार भन्दा अन्तरवार्ता लिएका थिए।

More News last news
Loading...