नेकपा दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठक आइतबार बस्‍ने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल-माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक आइतबार बस्ने भएको छ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार उपलब्ध स्थायी कमिटी सदस्यहरुबीचको अनौपचारिक छलफलपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी कमिटी बैठक आइतबार साढे १२ बजे बस्ने जानकारी दिएका हुन्।

Advertisement

उनका अनुसार शनिबारको बैठकमा पार्टीले प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार ९ गते काठमाडौंमा आयोजना गरेको सभाको समीक्षा र आगामी कार्यक्रमबारे सामान्य छलफल भएको छ।

प्रवक्ता श्रेष्ठले आइतबार थप एजेन्डासहित स्थायी कमिटीको औपचारिक बैठक बस्ने जानकारी दिए। पुस ५ मा प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गराएपछि नेकपा दाहाल-नेपाल पक्ष आन्दोलित छ।

More News last news
Loading...