संसद् विघटनविरुद्ध आज देशभरका ६,७४३ वडामा काँग्रेसले विरोध प्रदर्शन गर्दै

काठमाडौँ । प्रमूख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध देशभरका वडा वडामा विरोध प्रदर्शन गर्दै छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेकोे नेपाल कम्युनिष्ट पार्टीको सरकारको सिफारिसमा भएको प्रतिनिधिसभा विघटनको घटना विरुद्ध नेपाली काँग्रेसले आज (माघ ८ गते बिहीबार) देशभरका ६,७४३ वडाहरुमा विरोध प्रदर्शन गर्न लागेको हो ।

Advertisement

यस अघि नेपाली काँग्रेसले संसद् विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गर्दै पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन गरेको थियो ।

संविधानमा भएको ब्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्य विरुद्ध नेपाली काँग्रेस एकमत छ। पार्टीको सबै तहका साथीहरूसँगै समस्त लोकतन्त्रवादीलाई विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न नेपाली काँग्रेसले अपिल गरेको छ ।

More News last news
Loading...