ललितपुरको चाँगाथलीमा दम्पती मृत भेटिए

काठमाडौँ । ललितपुरको चाँगाथलीमा एक दम्पती मृत भेटिएका छन्।

महालक्ष्मी नगरपालिका वडा नम्बर ७, चाँगाथलीमा डेरा गरी बस्ने एक दम्पती मृत फेला परेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी प्रज्ज्वल महर्जनले जानकारी दिए।

Advertisement

एसपी खड्काका अनुसार सोमबार ११ बजेतिर रमेश खड्काको घरमा भाडामा बस्ने सप्तरीको राजविराज नगरपालिका वडा नम्बर ३ स्थायी घर भएका ३२ वर्षीया सागर पोखरेल र २० वर्षीया श्रीमती निर्मला खनाल (पोखरेल) कोठामा मृत भेटिएको उनले बताए। कोठाभित्रबाट चुकुल लगाइएको अवस्थामा उनीहरु मृत भेटिएको प्रहरीले बताएको छ।

अनुसन्धानमा खटिएको महानगरीय प्रहरी वृत्त सातदोबाटाका अनुसार कोठामा सेल्फस नामक विषादीको खाली बट्टा भेटिएको थियो।

त्यस्तै बान्ता गरेको जस्तो देखिने पदार्थसमेत फेला पारिएको र घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको पनि प्रहरीले बताएको छ।

More News last news
Loading...