राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।

आज विहान शितलनिवास पुगेर प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेको बालुवाटार स्रोतले जनाएको छ।

Advertisement

भेटमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको बुझिएको छ । प्रधानमन्त्री ओलीले संसद विघटन गरेर नयाँ निर्वाचनको मिति घोषणा गरेका छन्।

घोषित मितिमै निर्वाचन गर्नेगरि आवश्यक तयारी थाल्नसमेत प्रधानमन्त्री ओलीले निर्देशन दिईसकेका छन्।

सोहीअनुसार गृहसचिवले समेत आज निर्वाचनको तयारी थाल्न मातहतलाई निर्देशन दिएका छन् । उता, निर्वाचन आयोगले समेत निर्वाचनको तयारी थालेको । उसले आज दलका प्रतिनिधिहरुलाई आयोगमा छलफलको लागि बोलाएको छ ।

More News last news
Loading...