काठमाडौँ । नयाँ प्रजातिको कोरोना भाइरसको संक्रमणले सन् २०२१ झन् कष्टकर हुने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले चेतावनी दिएको छ।
कोरोनाभाइरसको नयाँ प्रकार पहिलोभन्दा धेरै सङ्क्रामक रहेको र छिटो फैलिरहेकाले यसले विश्वमा सन् २०२० भन्दा कठिन अवस्था ल्याउने डब्ल्युएचओले चेतावनी दिएको छ।
पहिलोपटक बेलायतमा देखिएको नयाँ प्रकारको कोरोना भाइरस ५० वटा देश र क्षेत्रहरूमा फैलिसकेको छ।
नयाँ प्रकारको संक्रमण देखिएपछि बेलायतमा संक्रमण र मृतक संख्या पनि बढ्दै गएको छ। दक्षिण अफ्रिकामा देखा परेको भाइरसको ‘स्ट्रेन’ अर्थात् प्रकार अन्य २० मुलुकहरूमा फैलिसकेको बीबीसीले उल्लेख गरेको छ।
सुरुमा ब्रिटेनमा देखिएको जस्तै अफ्रिकामा पनि अघिल्लो प्रकारको भाइरसभन्दा छिटो विस्तार हुन सक्ने वैज्ञानिकहरूले बताइरहेका छन्।
जापानमा पनि अर्को नयाँ प्रकारको भाइरसले नयाँ चिन्ता थपिएको छ। जापानमा चार जनामा पनि नयाँ प्रकारकै भाइरसको संक्रमण भएको जनाइएको छ। यद्यति ती मानिसहरू ब्रजिलमा संक्रमित भएको ठानिएको छ।
विज्ञहरूका अनुसार नयाँ प्रकारको भाइरसले अरू प्रकारका कोरोना भाइरसलाई तीव्र गतिमा विस्थापित गरिरहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
