वालिङ्ग । ओली नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गरेर असंवैधानिक कार्य गरेको चापाकोट नगरपालिका नगरप्रमुख एवं नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि शिव कुमार गिरीले आरोप लगाएका छन् ।
सरकारले गरेको संसद् विघटनको विरुद्ध नेपाली काँग्रेस गल्याङ नगरपालिकाले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।
विरोध सभालाई सम्बोधन गर्दै उनले नेपाली काँग्रेस सडकमा आउँदा ठुला उपलब्धिहरु हाँसिल गरेको इतिहास साँची रहेको हुँदा अब फेरि काँग्रेस एकजुट भएर अधिनायकवाद विरुद्ध सडकमा उत्रिनु पर्ने बेला आएको बताए ।
संसद विघटनले असंवैधानिक, निरंकुशतातर्फ लक्षित र सर्व–सत्तावादलाई बढावा दिन खोजेकाले अब काँग्रेस चुप लाएर बस्न नहुने बताए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
