काठमाडौँ । नेपाली काँग्रेसले देशभरका स्थानीय तहमा विरोध प्रदर्शन गरिरहेको छ । आज विहान देखि अपरान्हसम्म देशभरका ७५३ स्थानीय तहमा विरोध प्रदर्शन गरेको हो ।
प्रतिनिधिसभा बिघटनलाई असंवैधानिक भन्दै काँग्रेसले देशव्यापी विरोध प्रदर्शन गर्दै आएको छ। प्रदर्शनसँगै विरोध सभामा केन्द्रीय नेताहरु समेत सहभागी भइरहेका छन् ‘।

सभापति शेरबहादुर देउवाले काठमाडौंका विभिन्न स्थानीय निकायमा सम्बोधन गरेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल र डा डिला संग्रौला चितवनको शारदानगर पुगेका छन् । महामन्त्री डा. सशांक कोइराला नवलपुरको देउचुली पुगेका छन् ।

काँग्रेस केन्द्रीय सदस्य प्रकाशमान सिंहले काठमाडौं महानगरपालिकामा हुने विरोध सभापछि बसन्तपुरको सभालाई सम्बोधन गरेका छन् । डा. शेखर कोइराला मोरङ पुगेका छन् ।
काँग्रेस केन्द्रीय सदस्य एनसपी साउदले ललितपुरको महालक्ष्मी नगरपालिका अन्र्तगत लुभुको सभालाई सम्बोधन गरेका छन् । विश्वप्रकाश शर्माले भक्तपुरको सभालाई सम्बोधन गरेका छन् ।

अर्जुननरसिंह केसी र डा. रामशरण महत नुवाकोट पुगेका छन् । धनराज गुरुङ चितवनको खैरेहनी पुगेका छन् । गुरुराज घिमिरे र नैनसिंह महर काभ्रे पुगेका छन् ।

यसैगरी काँग्रेस केन्द्रीय सदस्यहरु डा. मिनेन्द्र रिजाल बाँके र प्रदीप पौडेल विराटनगर, जीवन परियार र बद्री पाण्डेले कास्कीमा सम्बोधन गरेका छन् ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
