काठमाडौँ । भारतीय क्रिकेटर हार्दिक पंड्या र क्रुणाल पंड्याका पिताको निधन भएको छ।
क्रुणाल र हार्दिकका पिता हिमांशु पंड्याको हृदयाघातका कारण निधन भएको समाचार एजेन्सी एएनआइले जनाएको छ।
यो खबरसँगै सैयद मुस्ताक अली ट्रफीमा बडोदाका कप्तान रहेका क्रुणाल खेल छाडेर घर गएका छन्।
अस्ट्रेलियाविरुद्धको सिरिजमा एकदिवसीय र टि–२० खेलेका हार्दिक पनि टेस्ट सुरु हुनुअघि भारत फर्किएका थिए ।
उनी घाइते समेत भएकोले टेस्टका लागि नरोकी घर फर्किएका थिए। अस्ट्रेलियामा रहने क्रममा हार्दिकमाथि कोरोना नियम उल्लंघन गरेको आरोप समेत लागेको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
