७ कम्युनिष्ट पार्टीबीच एकता, ‘पुर्नगठित ने.क.पा (माओवादी केन्द्र)’ को घोषणा

काठमाडौँ । सात कम्युनिष्ट पार्टीबीच एकता घोषणा भएको छ।

आज रिपोर्टर्स क्लब नेपालमा सातवटा कम्युनिस्ट पार्टीले संयुक्त पत्रकार सम्मेलन गरी एकता घोषणा गरेका हुन्।

Advertisement

केन्द्रले रन्तर संघर्ष गर्दै फरक–फरक पृष्ठभुमिबाट आएका७ वटा पार्टी एकता पछि ‘पुनर्गठित ने.क.पा (माओवादी केन्द्र)’ घोषणा भएको जानकारी दिएको हो। नयाँ घोषणा भएको पार्टीको अध्यक्षमा भविश्वर पराजुली रहने जानकारी गराइएको छ।

कार्यक्रममा पुनर्गठित ने.क.पा (माओवादी केन्द) का अध्यक्ष भविश्वर पराजुलीले कम्युनिस्टबीच विभाजन आइरहँदा एकता अभियान शुरु गरेको बताए।

उनले सच्चा कम्युनिष्टहरुबीचको एकता अभियान चालेको भन्दै धुव्रिकरणले गतिलिने बताए। उनले माओवादी आन्दोलनको इतिहास भावना र विचारलाई निरन्तरता दिने बताए।

उनले भने, ‘तत्कालिन माओवादी केन्द्रलाई पुनर्गठित गरेर ‘पुनर्गठित ने.क.पा (माओवादी केन्द) गठन गरेर यहाँ सम्मआएका छौ।’

कार्यक्रममा वामपन्थी नेता दलविर विश्वकर्माले एकता घोषणालाई ऐतिहासिक दिन भएको बताए। उनले भने, ‘अहिले देशको राजनिति परिस्थितीको अवस्था सबै नेपालीले बुझिसकेका छन्।’

उनले सबै नेपाली राष्ट्र निर्माण गर्ने कुरामा सजग र सचेत हुनुपर्नेमा जोड दिए। उनले आफ्नो पार्टीले राष्ट्र निर्माण गरेर उद्देश्य सफल बनाउने जिकिर गरे।

पुनर्गठित ने.क.पा (माओवादी केन्द) का सल्लाहकार विनोद आचार्यले सात पार्टीबाट नेपालको भविष्य राम्रो बनाउने विश्वास गरे।

उनले भने, ‘नेपाललाई समाजवादी नीतिबाट देशका कुनै पनि नागरिकले कामखोज्न विश्वकाकुनै पनि स्थानमा जान नपरोस्।’ आचार्यले नेपालीले नै नेपाल बनाउने कामना समेत गरे। कार्यक्रमको संचालन बालकृष्ण लम्सालले गरेका थिए।

नेपाल कम्युनिष्ट पार्टी (गणतान्त्रिक), नयाँ नेपाल राष्ट्रिय पार्टी, नेपालश्रमजीवि पार्टी, ने.क.पा (माक्र्सवादी), पुर्व जनमुक्ति सेना एकता पार्टी र थारु राष्ट्रिय मुक्ति मोर्चाबीच पार्टीगत एकता भएको हो।

पार्टी एकतामा सैद्धान्तिक, राजनितिकतथा संगठानात्मक विषयमा खुला र मैत्रीपुर्ण विचार धारात्मक छलफल गर्दै सम्मान जनक समायोजन र व्यवस्थापन गर्ने सहमती भएको छ।

More News last news
Loading...