परराष्ट्रमन्त्री ज्ञवाली दिल्ली पुगे, भोलि समकक्षी जयशंकरसँग भेटवार्ता हुने

काठमाडौँ । नेपाल-भारत संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिन आज अपराह्न नयाँदिल्ली पुगेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भोलि समकक्षी एस जयशंकरसँग भेटवार्ता गर्ने भएका छन्।

भारतको राजकीय अतिथिगृह हैदरावाद हाउसमा भेटवार्ता हुने जनाइएको छ। मन्त्री ज्ञवालीले सोही भवनमा हुने संयुक्त आयोग बैठकको सहअध्यक्षता गर्नेछन्।

Advertisement

आज दिल्ली पुगेका उनलाई इन्दिरा गान्धी अन्तरर्राष्ट्रिय विमानस्थलमा भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य तथा नयाँदिल्लीस्थित नेपाली दूतावासका कर्मचारीले स्वागत गरेका थिए।

यसैबीच राजदूत आचार्यले भारतका प्रधानसेनापति विपीन रावतसँग आज उनकै कार्यकक्षमा शिष्टाचार भेट गरेका थिए। त्यसअवसरमा उनीहरुबीच नेपाल–भारत मैत्रीबारे छलफल भएको नेपाली दूतावासले जनाएको छ।

More News last news
Loading...