गुल्मीमा जन्ती बोकेको जिप दुर्घटना, बेहुलासहित १३ घाइते

बुटवल । गुल्मीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा बेहुलासहित १३ जना घाइते भएका छन्। गुल्मीको कालीगण्डकी गाउँपालिका २ अर्बेनी कोटदेखि बिहेका लागि स्याङ्जाको जैपते जाँदै गरेको ग १ ज ५०८६ नम्बरको जिप दुर्घटना भएको हो।

जिप कालीगण्डकी २ को खर्क नजिकैको ओरोलोमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। प्रहरीका अनुसार जिप सडकबाट अन्दाजी १८ मिटर तल खस्न जाँदा जिपमा सवार १३ जना घाइते भएका छन्।

Advertisement

दुर्घटनामा घाईते हुनेमा कालीगण्डकी गाँउपालिका-२ अर्बेनीका २५ वर्षीय बेहुला कृष्ण पाण्डे, ६० वर्षीय ओमप्रसाद पाण्डे, ५५ वर्षीय शोभाखर पाण्डे, ५० वर्षीय शिवलाल पाण्डे, १४ वर्षीया हिरा पाण्डे छन्।

त्यस्तै घाइते हुनेहरुमा ५ वर्षीय शिरिस पाण्डे, २८ वर्षीय गोबिन्द पाण्डे, २० वर्षीय नविन पाण्डे, २४ वर्षीय हिमाल पाण्डे, १६ वर्षीय बिष्णु पाण्डे, २६ वर्षीया तुल्सा पाण्डे, ५५ वर्षीय खीमानन्द पाण्डे छन्।

उनीहरुको स्याङ्जास्थित मिर्मीमा उपचार भइरहेको छ। जिप चालक स्याङ्जा कालीगण्डकी गाउँपालिका–४ का २८ वर्षीय राजन पाण्डेलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

More News last news
Loading...