काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट हेर्दाहेर्दैमा राखिएको छ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलाशमा बुधबार भएको सुनुवाइ जारी रहेकाले मुद्दा हेर्दाहेर्दैमा राखिएको हो। अर्को सुनुवाइ आगामी शुक्रबारका लागि तय भएको छ।
प्रतिनिधिसभा विघटनविरुद्धका निवेदन बृहत् पूर्ण इजलासमा लैजान बुधबारको बहसमा सरकारी पक्ष असहमत देखिएको थियो।
उक्त मुद्दा बृहत् पूर्ण इजलासमा पठाउनुपर्ने रिट निवेदकतर्फ कानुन व्यवसायी वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले माग गरेका थिए। बुधबार बिहान सर्वोच्चले प्रधानन्यायाधीश जबराको नेतृत्वमा इजलास गठन गरेको थियो।
इजलासमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी छन्। न्यायाधीश हरिकृष्ण कार्कीले इजलास छोडेपछि प्रधानन्यायाधीश जबराले मल्ललाई राखेको हो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
