संसद् विघटनसम्बन्धी रिटमा बहस सुरु, इजलासमा कार्कीको ठाउँमा मल्ल

काठमाडौँ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सुनुवाइ सुरु भएको छ। अदालतले बुधबार बिहान प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको नेतृत्वमा संवैधानिक इजलास पुनर्गठन गरेको छ।

रिटको सुनुवाईका लागि प्रधानन्यायाधीश राणासहित विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी रहेकोको संवैधानिक इजलास गठन भएको हो।

Advertisement

राणाले न्यायाधीश हरिकृष्ण कार्की इजलासमा आफू सामेल नहुने निर्णय गरेपछि कार्कीको स्थानमा मल्ललाई राखेर संवैधानिक इजलास पुनर्गठन हुन्।

प्रतिनिधिसभा विघटनविरुद्ध दायर एक दर्जन रिटको सुनुवाइ संवैधानिक इजलास कि बृहद् पूर्ण इजलासमा हुने भन्ने टुंगो पनि आज नै लाग्ने छ।

राष्ट्रपति कार्यालय, प्रधानमन्त्रीलगायत विपक्षीबाट लिखित जवाफ आइसकेको अवस्थामा पुस २२ गतेदेखि संवैधानिक इजलासमा निरन्तर सुनुवाइको पेसी तय भएको थियो।

संवैधानिक इजलासमा कार्कीको ठाउँमा मल्ल

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाई गर्नका लागि सर्वोच्चमा गठित संवैधानिक इजलासमा न्यायधीश सपना प्रधान मल्ललाई ल्याईएको छ ।

प्रधानन्यायधीश चोलेन्द्र समशेर जबराले न्यायाधीश हरिकृष्ण कार्कीको ठाउँमा मल्ललाई ल्याएका हुन् । संवैधानिक इजलासमा अरु तीन न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजवहादुर केसी यथावत रहेका छन् ।

न्यायाधीश कार्कीले इजलासमा सामेल नहुने निर्णय लिएपछि बहस रोकिएको थियो।

More News last news
Loading...