प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा आज सुनुवाइ हुँदै

काठमाडौँ । प्रतिनिधिसभा विघटन बदरको मागसहित परेका रिटउपर बुधबार (आज) सुनुवाइ हुँदै छ ।

बुधबारको सुनुवाइमा मुख्य दुई चासो छ-पहिलो, कानुन व्यवसायीहरूको मागअनुसार बृहत् पूर्ण इजलासमा लगिन्छ कि लगिँदैन । दोस्रो, संवैधानिक इजलासमै सुनुवाइ भएका इजलासमा को–को न्यायाधीश हुनेछन् ?

Advertisement

यसअघिको सुनुवाइमा निवेदकले उठाएका दुई मुद्दामध्ये एकको टुंगो लागिसकेको छ । न्यायाधीश हरिकृष्ण कार्कीले यो विषयको रिट नहेर्नुपर्ने माग भएको थियो । यो माग पूरा भइसकेको छ । अब विघटनको विषयलाई बृहत् पूर्ण इजलासमार्फत सुनुवाइ गरी टुंगो लगाउने कुरामा आजको इजलासले निर्णय गर्छ वा गर्दैन चासोको विषय बनेको छ ।

सर्वोच्च अदालत संवैधानिक इजलास नियमावलीअनुसार प्रधानन्यायाधीशले अदालतमा दर्ता हुन आएका सबै मुद्दाका लागि इजलास गठन गर्छन् । तर, विघटनका विषयमा फैसला दिन जबराले गठन गरेको इजलासमाथि प्रश्न उठेका थिए ।

पहिलो त विगतका अभ्यास हेर्दा राष्ट्रका लागि गम्भीर विषयलाई बृहत् पूर्ण इजलासबाट टुंग्याउनुपर्ने र अर्को इजलासमा स्वार्थ बाझिने गरी न्यायाधीशको कुर्सीमा बसेका हरिकृष्ण कार्कीको उपस्थितिलाई लिएर निवेदकहरूले असन्तुष्टि व्यक्त गरेका थिए ।

हाल यससम्बन्धी १३ वटा रिट विचाराधीन छन् । पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।

More News last news
Loading...