पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा मंगलबार दिउँसो किशोरी मृत फेला परेकी छन्।
माछापुच्छ्रे गाउँपालिका–८ निवासी १८ वर्षीया ममता गुरुङ सोमबार राति ८ बजे परिवार कसैलाई खबर नगरी बाहिर निस्केकी थिइन्।
खोजी गर्ने क्रममा मंगलबार दिउँसो १२:३० माछापुच्छ्रे गाउँपालिका–८ स्थित न्यास्रेको जंगलमा ममताको शव फेला परेको गण्डकी प्रदेश प्ररही कार्यालय पोखरा प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए।
घटनाको बारेमा अनुसन्धान भइरहेको जानकारी प्रहरीले दिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
