कक्षा ११ र १२ को नयाँ पाठ्यक्रमलाई सर्वोच्चले दियो वैधता

काठमाडौँ । कक्षा ११ र १२ मा पुरानै पाठ्यक्रमलाई मान्यता अनुसार पठाइयोस् भनेर भागवता अर्याल समेत ७ जनाले दिएको रिटलाई सर्वोच्च अदालतले खारेज गरेको छ।

न्यायाधीशहरु तेजबहादुर केसी र प्रकाशकुमार ढुङ्गानाको १० नम्बर बेञ्चको संयुक्त इजलासले आज रिट खारेज गर्दै नयाँ पाठयक्रम अनुसार अध्ययनरअध्यापन गर्न-गराउन निर्देशनात्मक आदेश दिएको हो।

Advertisement

भागवता अर्यालसमेत ७ जनाले पाठ्यक्रम विकास केन्द्रलाई विपक्षी बनाई सर्वोच्चमा रिट दायर गरेका थिए। सर्वोच्च अदालतको यो निर्णयले विद्यालय र विद्यार्थीमाथि रहेको अन्योल हटेको छ।

सर्वोच्चमा रिट दायर भएपछि नयाँ पाठयक्रम वा पढने वा पुरानै पाठयक्रम बमोजिम पढने-पढाउने भन्नेमा विद्यार्थी र विद्यालयहरु अन्योलमा थिए । झण्डै तीन दशकपछि कक्षा ११ र १२ मा नयाँ पाठयक्रम अनुसार पढाई हुँदैछ।

More News last news
Loading...