काठमाडौँ । काठमाडौँको प्रदर्शनी मार्गमा रहेको रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसका प्राध्यापक विष्णु आचार्य यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन्।
एक छात्राले आफूमाथि दुर्व्यवहार गरेको उजुरीका आधारमा प्राध्यापक आचार्यलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाण्डौले जनाएको छ।
पक्राउ परेका आचार्यविरुद्ध अभद्र व्यवहारमा म्याद थप गरेर अनुसन्धान सुरु गरिएको परिसरले जनाएको छ।
प्राध्यापक आचार्यले छात्रालाई यौनजन्य सन्देश पठाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
