काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ४८८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै हालसम्म नेपालमा २ लाख ६५ हजार २६८ संक्रमितको संख्या पुगेको छ।
त्यसैगरी २४ घण्टामा ५१३ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको संख्या २ लाख ५८ हजार ९६८ पुगेको छ। देशभरी सक्रिय संक्रमितको संख्या भने ४ हजार ३७३ छ।
मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १९ लाख ८७ हजार ५५५ परीक्षणहरु गरिएका छन्। हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २३७ रहेको छ।
कोरोना संक्रमणबाट २४ घण्टामा १० को मृत्यु भएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९२७ जना रहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
