तनहुँको शुक्लागण्डकीमा आज सार्वजनिक बिदा

दुलेगौँडा । तनहुँको शुक्लागण्डकी नगरपालिकाले पृथ्वी जयन्तीका अवसरमा सोमबार (आज) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

नगरपालिकाले विज्ञप्ति सार्वजनिक गर्दै राष्ट्रिय एकीकरण दिवसका अवसरमा सोमबार नगर क्षेत्रमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

Advertisement

बिदाको दिन नगरपालिका र वडा कार्यालय तथा सामुदायिक विद्यालय बन्द रहने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले जानकारी दिए ।

राष्ट्रलाई एकीकरण गर्ने पृथ्वीनारायण शाहको योगदानको सम्मानस्वरुप बिदा दिने निर्णय भएको नगरपालिका स्रोतले जनाएको छ।

More News last news
Loading...