जनचाहना अनुसार अगाडि बढ्छु : पूर्वराजा शाह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले जनचाहनाअनुसार अगाडि बढ्न आफू तयार रहेको बताएका छन्।

पृथ्वीनारायण शाहको २ सय ९९ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा श्रद्धास्मरण व्यक्त गर्न शुभकामना सन्देश जारी गर्दै पूर्वराजाले जनचाहना बमोजिम अघि बढ्नु शाहवंशीय राजपरम्पराको विशेषता भएको तथ्य स्मरण गराउँदै जनचाहनाको कदर गर्ने बताएका हुन्।

Advertisement

सडकबाट ‘राजा आउ देश बचाउ’ को नारा घन्किरहेका बेलामा पूर्वराजाले दिएको यो सन्देशले विशेष अर्थ बोकेको बुझ्न सकिन्छ।

पूर्वराजाको सन्देशमा अघि बढ्ने क्रममा देशको आवश्यकता र जनताको चाहना हुँदा शाहवंशीय राजाहरुले सक्रिय भूमिका मात्र निर्वाह गरेका छैनन्, सम्वैधानिक राजतन्त्रको मर्यादा अनुरुप व्यवहार पनि भएको उल्लेख गरिएको छ।

पूर्वराजाले देश र जनताको हित नै सर्वोपरी रहँदै आएको स्पष्ट पार्दै राजगद्दी त्याग्नेसम्मको उच्च साहस र इमानदारी देखाएको पनि दर्शाएका छन्।

नेताहरु विदेशीको इशारामा चलेकोतर्फ सावधान गराउँदै पूर्वराजाको सन्देशमा, ‘हाम्रो विचारमा राजनीति भन्नु नै देश सेवाको उच्चतम साधना हो । तर हामीले व्यहोरेको राजनीति कति इमानदार र राष्ट्रकेन्द्रीत छ, कति जनहित अनुकूल छ त्यसको समीक्षा हुन अब विलम्ब भैइसकेको छ ।’ भनेका छन्।

यस्तो छ पूर्व राजाको विज्ञप्ति

More News last news
Loading...