पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै हालसम्म नेपालमा २ लाख ६४ हजार ७८० संक्रमितको संख्या पुगेको छ। त्यसैगरी २४ घण्टामा ५१३ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन्।

Advertisement

योसँगै निको हुनेको संख्या २ लाख ५८ हजार ४४१ पुगेको छ। देशभरी सक्रिय संक्रमितको संख्या भने ४ हजार ४४२ छ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १९ लाख ८२ हजार २४६ परीक्षणहरु गरिएका छन्। हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २५७ रहेको छ।

कोरोना संक्रमणबाट २४ घण्टामा ५ को मृत्यु भएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९१७ जना रहेको छ।

More News last news
Loading...