टोखामा इन्जिनियर दम्पत्ति मृत फेला, घटनास्थलबाट रक्ताम्मे सिलौटो बरामद

काठमाडौँ । काठमाडौँको टोखास्थित ग्रिन भिल्ला कोलोनीमा दम्पती मृत फेला परेका छन् । शुक्रवार पौने ९ बजे दम्पती मृत अवस्थामा फेला परेका हुन्।

ग्रिन भिलामा बस्ने ३३ वर्षीया सुदिक्षा गिरी र उमेश केसी मृत अवस्थामा भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता (डिएसपी) प्रमेश विष्टले जानकारी दिए।

Advertisement

कोठाभित्र मृत अवस्थामा पल्टिरहेको अवस्थामा उमेशको शव प्रहरीले बरामद गरेको छ। पत्नी सुदिक्षाचाहिँ झुण्डिएको अवस्थामा फेला परेकी छिन्। उमेश र सुदिक्षा इन्जिनिर भएको बताइएको छ।

घटनास्थलमा रगत लागेका अवस्थामा सिलौटो फेला परेको छ। सुदिक्षाले सिलौटाले हिर्काएर उमेशको हत्या गरेर आफु झुण्डिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ।

उमेशको परिवार अमेरिका बस्दै आएका छन्। उमेश केही समयअघि अमेरिकाबाट काठमाडौँ फर्केका हुन्।

More News last news
Loading...