पोखरा । कास्कीको मादी गाउँपालिका–५ चितेपानी निवासी ५४ वर्षीय लेखनाथ अधिकारी मृत फेला परेका छन्।
विगत १६ दिन देखि हराइरहेका अधिकारीको शव आज बिहीबार चितेपानीको खोलेटो भन्ने ठाँउमा रुखमा झुण्डिएको अवस्थामा फेला परेको कास्की प्रहरीले जनाएको छ।
गत पुस ६ गते मर्निङ वाकमा निस्केका उनको शव चितेपानीको कुल पूजा मन्दिरभन्दा तल भेटिएपछि आजै पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोष्टमार्टम गरी दाहसंस्कार समेत गरिएको छ।
बेपत्ता भएपछि उनको खोजीका लागि जिल्ला प्रहरी कार्यालय कास्कीबाट तालिमप्राप्त कुकुरको समेत सहयोगमा मादी क्षेत्रमा खोजतलास गरिएको थियो।
धनुवास मावि, मादी ७ छाचोकका पूर्वशिक्षक समेत रहेका अधिकारीका श्रीमती र ३ छोरी छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
