पछिल्लो २४ घण्टामा थप ४०९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ४०९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। संक्रमित हुनेमा १४४ जना महिला र २६५ जना पुरुष रहेका छन्।

२४ घण्टामा ६ हजार ७०६ पीसीआर परीक्षण भएको छ भने हालसम्म १९ लाख ६४ हजार १६० पीसीआर परीक्षण भएका छन्।

Advertisement

यो सँगै देशभर संक्रमितको कुल संख्या २ लाख ६३ हजार १९३ पुगेको छ। सक्रिय संक्रमितको संख्या ५ हजार १३३ छ भने क्वारेन्टाइनमा ३४२ जना रहेका छन्।

त्यसैगरी २४ घण्टामा ४९५ जना निको भइ डिस्चार्ज भएका छन्। यो सँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ५६ हजार १६१ पुगेको छ।

२४ घण्टामा कोरोनाबाट ६ को मृत्यु भएको छ र हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८९९ रहेको छ।

यस्तै काठमाडौँ उपत्यकामा २३३ जना कोरोना संक्रमित थपिएका छन्। २४ घण्टामा संक्रमित हुनेमा ७२ महिला र १६१ जना पुरुष रहेका छन्।

काठमाडौँमा १५९, ललितपुरमा ५० र भक्तपुरमा २४ जना कोरोना संक्रमित देखिएका छन्।

More News last news
Loading...