काठमाडौँ । नेपाली सेनाले २९४ कर्मचारीका लागि आवेदन मागेको छ। सेनाको छनौट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले विभिन्न पदमा आवेदन मागेको हो।
लेखा जमदार, पुजारी हुद्दादेखि धोबीसम्म विभिन्न पदमा सोमबार सूचना निकालेर दरखास्त खुलाएको हो।
लेखा जमदारमा ५० जनाको माग भएको छ। जसमा खुल्लातर्फ २७ जना छन् भने अरू समावेशीतर्फ माग भएको छ।
यस्तै पुजारी हुद्दा पदमा चार जनाको माग भएकोमा खुल्लातर्फ २ जना छ।
अमल्दार कर्मचारीमा खुल्लातर्फ २८ जना माग भएको छ। समावेशीसमेत गरी यस पदमा ५३ जना माग गरेको हो।
सबैभन्दा धेरै बन्दोबस्ती कार्य सिपाहीतर्फ माग भएको छ। खुल्लातर्फ ५० र समावेशी गरी कूल ९६ जनाको माग भएको जंगी अड्डाले जानकारी दिएको छ।
जागिरका लागि सेनाले पुस २१ गतेदेखि माघ २१ गतेभित्र आवेदन दिइसक्नु पर्ने जनाएको छ।
हेर्नुहोस् विस्तृत विवरण


![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
