नेपालमा थप ४०३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। संक्रमित हुनेमा १५९ जना महिला र २४४ जना पुरुष रहेका छन्।

२४ घण्टामा ४ हजार ४०१ पीसीआर परीक्षण भएको छ भने हालसम्म १९ लाख ५२ हजार ९०३ पीसीआर परीक्षण भएका छन्।

Advertisement

योसँगै देशभर संक्रमितको कुल संख्या २ लाख ६२ हजार २६२ पुगेको छ । सक्रिय संक्रमितको संख्या ५ हजार २८९ छ भने क्वारेन्टाइनमा ३४२ जना रहेका छन्।

त्यसैगरी २४ घण्टामा ५९४ जना निको भइ डिस्चार्ज भएका छन् । यो सँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ५५ हजार ८८ पुगेको छ।

२४ घण्टामा कोरोनाबाट ७ को मृत्यु भएको छ र हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८८५ रहेको छ।

साथै काठमाडौँ उपत्यकामा १८५ जना कोरोना संक्रमित थपिएका छन्। २४ घण्टामा संक्रमित हुनेमा ८२ महिला र १०३ जना पुरुष रहेका छन्। काठमाडौँमा १४०, ललितपुरमा २१ र भक्तपुरमा २४ जना कोरोना संक्रमित देखिएका छन्।

More News last news
Loading...