सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का

बैतडी । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा भूकम्पको धक्का महशुस गरिएको छ।

आइतबार बेलुका ६ बजेर ४४ मिनेटमा बैतडीको डिलासैनी आसपास केन्द्र भएर भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थराज दहालले जानकारी दिए।

Advertisement

उक्त भूकम्प ३ दशमलव ५ रेक्टर स्केलको रहेको जनाइएको छ। भूकम्पको धक्का बैतडीसहित दार्चुला र बझाङका केही क्षेत्रमा गरिएको थियो।

भूकम्पले क्षति गरेकोबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ।

More News last news
Loading...