कर्णाली प्रदेशका साना किसानलाई १० प्रतिशत ब्याज अनुदान

सुर्खेत । कर्णाली प्रदेश सरकारले साना किसानको जीवनस्तर उकास्न सहकारीमार्फत १० प्रतिशत ब्याज अनुदानको कार्यक्रम ल्याएको छ।

बैंकको पहुँचमा नभएका, न्यून आएका भएका साना किसानका लागि कृषिलाई व्यावसायिक रूपमा विकास गर्ने उद्देश्यले सहकारीमार्फत प्रदेश सरकारले ब्याज अनुदान कार्यक्रम ल्याएको हो।

Advertisement

प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सहकारीमार्फत ब्याज अनुदान कार्यविधि २०७७ तयार गरेर कार्यक्रम लागू गरेको जनाएको छ।

आइतबार वीरेन्द्रनगरमा मन्त्रालयले पत्रकार सम्मेलन गर्दै साना किसानका लागि ब्याज अनुदान कार्यक्रम ल्याएको जानकारी दिएको हो। यस कार्यक्रममार्फत साना किसानले १० प्रतिशत ब्याज अनुदान र एक प्रतिशत सेवा शुल्क पाउने छन्।

मन्त्रालयका अनुसार प्रदेश मातहत रहेका सहकारीमार्फत साना किसानहरूले विना धितो न्यूनतम ५० हजारदेखि पाँच लाख रुपैयाँसम्मको ऋणमा १० प्रतिशत ब्याज अनुदान र एक प्रतिशत सेवा शुल्क अनुदान पाउने व्यवस्था गरिएको छ।

कर्णालीमा प्रदेशको नियमन क्षेत्रभित्र रहेका तीन सय १४ वटा सहकारी रहेका छन्। ती सहकारीसँग सम्झौता गरेर कार्यक्रम अघि बढाइने मन्त्रालयले जनाएको छ।

ब्याज अनुदान कार्यक्रमका लागि मन्त्रालयले सात करोड बजेट छुट्याएको छ। यस कार्यक्रमले साना किसानहरुलाई व्यावसायिक बन्न सहयोग पुग्ने प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिए।

बैंकको पहुुँचमा नभएका साना किसानहरुका लागि सहकारीमार्फत ब्याज अनुदान दिने कार्यक्रम ल्याइएको उनको भनाइ छ।

More News last news
Loading...