पछिल्लो २४ घण्टामा थप ४ सय २१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ४ सय २१ कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हालसम्म नेपालमा २ लाख ६१ हजार ८५९ संक्रमितको संख्या पुगेको छ।

त्यसैगरी २४ घण्टामा ६३७ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन्। यो सँगै निको हुनेको संख्या २ लाख ५४ हजार ४९४ पुगेको छ। देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ५ हजार ४८७ छ।

Advertisement

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १९ लाख ४८ हजार ५०२ परीक्षणहरु गरिएका छन्। हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ३६७ रहेको छ।

कोरोना संक्रमणबाट २४ घण्टामा थप ८ को मृत्यु भएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८७८ जना पुगेको छ।

More News last news
Loading...