काठमाडौँ । संसद् विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै नेकपा (प्रचण्ड-नेपाल) समूहले दोस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ।
केन्द्रीय संघर्ष समितिले शनिबार कोटेश्वर पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर पुस २० देखि माघ २३ गतेसम्म प्रधानमन्त्रीलाई विरोध पत्र बुझाउने, गाउँ गाउँमा कालो झन्डा गाड्ने, सरोकारवाला पक्षसँग अन्तक्रिया, प्रदर्शन लगायतका कार्यक्रम सार्वजनिक गरेको हो।
पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गराएपछि नेकपा विभाजन भएको थियो भने प्रचण्ड-नेपाल समूहले आन्दोलन गर्दै आएको छ। उसले आन्दोलन परिचालनका लागि प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको छ।
पत्रकार सम्मेलनमा प्रवक्ता श्रेष्ठले संसद पुनर्स्थापना नभएसम्म आन्दोलन जारी राख्ने बताए। संसद विघटनसम्बन्धी मुद्दा सर्वोच्चमा विचाराधीन छ।


![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
