संसद् विघटनबारे राय दिन पाँच ‘एमिकस क्यूरी’ चयन

काठमाडौँ । सर्वोच्च अदालतको आदेशअनुसार, प्रतिनिधिसभा विघटनबारे राय दिन नेपाल बार र सर्वोच्च अदालत बार एसोसिएसनले ५ जना एमिकस क्यूरी चयन गरेका छन्।

नेपाल बार एसोसिएसनले तीनजना र सर्वोच्च अदालत बार एसोसिएसनले दुईजना वरिष्ठ अधिवक्तालाई मनोनयन गरेका हुन्।

Advertisement

नेपाल बार एसोसिएसनका महासचिव लिलामणि पौडेलका अनुसार, नेपाल र सर्वोच्च बारबाट एमिकस क्यूरीको नाम सर्वोच्च अदालतमा पठाइसकेको बताए।

उनले भने, ‘अब उहाँहरुले प्रतिनिधिसभा विघटनबारे आफ्नो राय दिन स्वतन्त्र हुनुहुन्छ। नेपाल बार एसोसिएसनले बद्रीबहादुर कार्की, शतिसकृष्ण खरेल र विजयकान्त मैनालीको नाम सिफारिस गरेको हो भने सर्वोच्च अदालत बार एसोसिएसनले खगेन्द्र अधिकारी र पूर्णमान शाक्यको नाम चयन गरेको हो।

‘एमिकस क्यूरी’लाई नेपाली भाषामा अदालतका सहयोगी भनेर चिनिन्छ । गम्भीर संवैधानिक एवं कानुनी प्रश्न जोडिएका विषयमा सर्वोच्च अदालतले विशेषज्ञता भएका कानुन व्यवसायीहरुको राय लिन बेलाबखत ‘एमिकस क्यूरी’ झिकाउने गर्छ।

उनीहरुले दिने रायले न्यायाधीशहरुलाई न्याय निरुपणमा सहज हुन्छ। एमिकस क्यूरीले इजलासमा आफ्नो मत जुनसुकै रुपमा दिन पनि स्वतन्त्र हुन्छन् र उनीहरुले बहसनोट पनि पेस गर्छन्।

यसरी बहस गर्दा उनीहरुले पारिश्रमिक भने पाउँदैनन्। कानुन व्यवसायीहरुमाझ ‘एमिकस क्यूरी’ हुन पाउनु प्रतिष्ठाको विषय हो।

नेपाल बार एसोसिएनबाट मनोनित कार्की २०५५ देखि २०५८ सालसम्म तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पालामा महान्यायाधिवक्ता भएका वरिष्ठ अधिवक्ता हुन्। उनले २०५१ सालमा भएको संसद् विघटनको मुद्दामा सरकारको तर्फबाट बहस गरेका थिए।

२०५२ सालको विघटनमा उनले विघटनको विपक्षमा निवेदकहरुको तर्फबाट बहस गरेका थिए। २०५४ सालमा तत्कालीन राजाले मागेको रायबारे सर्वोच्च अदालतमा बहस गर्ने क्रममा कार्कीले राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट बहस गर्दै प्रतिनिधिसभा विघटन हुनुपर्ने राय दिएका थिए।

More News last news
Loading...