काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ५३४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
संक्रमित हुनेमा १९६ जना महिला र ३३८ जना पुरुष रहेका छन् । २४ घण्टामा ६००० पीसीआर परीक्षण भएको छ भने हालसम्म १९ लाख ३२ हजार ४७७ पीसीआर परीक्षण भएका छन्।
यो सँगै देशभर संक्रमितको कुल संख्या २ लाख ६० हजार ५९३ पुगेको छ। सक्रिय संक्रमितको संख्या ६ हजार ३७८ छ भने क्वारेन्टाइनमा ३६२ जना रहेका छन्।
त्यसैगरी २४ घण्टामा ४४७ जना निको भइ डिस्चार्ज भएका छन्। यो सँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ५२ हजार ३५९ पुगेको छ।
२४ घण्टामा कोरोनाबाट ९ को मृत्यु भएको छ र हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८५६ रहेको छ।
साथै काठमाडौँ उपत्यकामा २४७ जना कोरोना संक्रमित थपिएका छन्। २४ घण्टामा संक्रमित हुनेमा १०३ महिला र १४४ जना पुरुष रहेका छन्। काठमाडौँमा २२५, ललितपुरमा ४९ र भक्तपुरमा ३८ जना कोरोना संक्रमित देखिएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
