नौ महिनापछि नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा खुलाउने तयारी

काठमाडौँ । नौ महिनादेखि बन्द रहेको नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा खुलाउन तयारी शुरु गरिएको छ । नेपालमा गत चैतमा कोभिड–१९ को सङ्क्रमण देखिन थालेसँगै सरकारले नयाँ अनुमतिपत्रका लागि परीक्षा स्थगित गरेको थियो ।

यातायात व्यवस्था कार्यालयसँगको समन्वयमा यातायात व्यवस्था विभागले नयाँ अनुमतिपत्रका लागि आवेदन लिन थालिएको विभागले जनाएको छ। नयाँ अनुमतिपत्रका लागि ‘सफ्टवेयर’ र छपाइको काम विभागले गर्दै आएको छ भने प्रदेश सरकारअन्तर्गतका कार्यालयले परीक्षा सञ्चालन र अनुमतिपत्र वितरण गर्छन् ।

Advertisement

अहिले प्रदेश सरकारले अनुमतिपत्रका लागि परीक्षा लिन चाहेकाले आवेदन खुलाइएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताउनुभयो । उहाँका अनुसार सात वटै प्रदेशले नयाँ अनुमतिपत्र खुलाउने भएका छन् । उहाँले भन्नुभयो, “सेवाग्राहीले आफ्नो अनुकूल मिलाएर अनलाइनमार्फत फारम भरेर परीक्षामा समावेस हुन सक्नुहुन्छ ।”

कार्यालयले गत चैतदेखि नै नयाँ अनुमतिपत्रका लागि परीक्षा लिएका थिएनन् । यसबीचमा पनि अनुमतिपत्र नवीकरण र वितरणको काम भने भइरहेको थियो ।

More News last news
Loading...