काठमाडौँ । पर्वतको जलजला गाउँपालिका वडा नं ९ बनौँमा जीप दुर्घटना हुँदा एक युवतीको ज्यान भएको छ।
दुर्घटनामा घाइते भएकी जलजला-६ शालिजाकी २३ वर्षीया कौशिला पुर्जाको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।
कुश्मा-बनौँ सडक खण्डअन्तर्गत ग २ च ६३७९ नंको जीप दुर्घटना हुँदा जीपमा सवार तीन जनामध्ये पुर्जाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
जीपका सवारी चालक जलजला–८ नाग्लिवाङका पुर्षोत्तम चापागाई, वडा नं ९ बनौँ घर भई सोही जीपका सहचालक यमन गर्बुजा सामान्य घाइते छन्। उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
सडकमा गुडिरहेको जीप सडकबाट करिब २०० मिटर तल पुगेर भिरमा रहेको रुखमा अल्झिएको अवस्थामा रहेको छ।
रुखका कारण ठूलो दुर्घटनाबाट जोगिए पनि उपचारका क्रममा युवतीको मृत्यु भएको जलजला-९ का वडाध्यक्ष गौबहादुर पुनले जानकारी दिए। घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक मनिष श्रेष्ठले जानकारी दिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
