काठमाडौँ । बक्यौता माग गर्दै १६ दिनसम्म माइतीघरको आन्दोलनमा सहभागी ६५ वर्षीय उखु किसानको हृदयघातका कारण मंगलबार निधन भएको छ।
सर्लाही धनकौल छोटवल टोलका नारायण राय यादवको मंगलबार बिहान शहीद गंगालाल हृदय रोग केन्द्रमा उपचारका क्रममा निधन भएको आन्दोलनमा सहभागी अर्का किसान मुकेश ठाकुरले बताए।
उनलाइ मंगलबार विहान हृदयघात भएको थियो। उनलाई हृदयघात भएपछि हामीले चाबहिलको हेल्पिङ ह्याण्ड अस्पताल पुर्यायौं, अस्पतालले गंगालल रिफर गर्यो, अस्पताल पुर्याएको दुई घण्टामा उनको निधन भयो,’ ठाकुरले भने।
उनी मंसिर २८ गतेदेखि नै माइतीघरको किसान आन्दोलनमा सहभागी थिए। समाजवादी पार्टी सर्लाहीका नेता केदारनन्द चौधरीका अनुसार सोमबार सरकारसँग भएको किसान आन्दोलन सम्झौता प्रति उनले असहमति राखेका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
