काठमाडौँ । लायन्स क्लब अफ तनहुँ खैरेनीटारले विद्यार्थीहरुका लागि न्यानो कपडा वितरण गरेको छ।
क्लबले म्याग्दे गाउँपालिका-६ सर्वलाङको शान्ति आधारभुत विद्यालयका विद्यार्थीलाई ट्रर्याक सुट र वितरण गरेको हो।
लायन्स क्लब ३२५ बि १ का चिफ एडभाईजर विनोद ढुंगाना र क्लबका अध्यक्ष राजबहादुर थापाले करिब ३० जना विद्यार्थीलाई चिसोमा न्यानो कपडा वितरण गरेको क्लबका दितीय उपाध्यक्ष नारायण पोख्रेलले जानकारी दिए।
विद्यालयमा अध्यनरत गरिब र विपन्न विद्यार्थीलाई चिसोबाट जोगाउन कपडा वितरण गरेको अध्यक्ष थापाले बताए। कार्यक्रममा क्लबका अध्यक्षद्धारा विद्यालय लाई १ सेट थर्मल गन,५ लिटर सेनिटाईजर, मास्क लगायतका कोरोनाबाट बच्ने सामाग्री समेत प्रदान गरिएको थियो।
लायन्स क्लब अफ तनहुँ खैरेनीटारका सभापति थापाको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका प्रथम उपाध्यक्ष लायन पिताम्बर तिमेल्सिनाले गरेका थिए भने धन्यवाद ज्ञापन कार्यक्रम संयोजक लायन हिरा बहादुर गुरूङले गरेका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
